अण्डाको भाउ बढेपछि अमेरिकामा कुखुरा भाडामा
अण्डाको भाउ बढेपछि अमेरिकामा कुखुरा भाडामा
संयुक्त राज्य अमेरिकामा अण्डाको मूल्य बढ्न थालेपछि केही व्यवसायीहरूले उपभोक्ताहरूलाई सजिलो हुने एउटा उपाय खोजेका छन् - कुखुरा भाडामा दिने।
गफ्स्टाउनमा कुखुरापालन गर्ने 'रेन्ट द चिकिन' नामक व्यवसायले आफ्ना ग्राहकहरूलाई छ महिनाका लागि कुखुराका पोथी, दाना र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। घरमै कुखुरा पाल्दा मानिसहरूले ताजा अण्डा पाउँछन्।
झन्डै ६०० डलर खर्च गर्दा दुइटा पोथी कुखुराले प्रत्येक साता १२ वटा अण्डा पार्छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



