तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमाली उद्धारकर्ताले यसरी गर्छन् घाइते पर्वतारोहीको उद्धार
हिमाल आरोहणका क्रममा घाइते भएका तथा बिरामी परेका कैयन् आरोहीलाई ‘लङ लाइन’ अर्थात् हेलिकप्टरको माध्यमबाट डोरीमा उद्धारकर्तालाई पठाएर उद्धार गरिन्छ।
तर समयमै उद्धार गर्न नसक्दा कैयौँको ज्यान समेत जाने गरेको उद्धारकर्ता बताउँछन्।
वर्षौँदेखि लङ लाइन प्रविधिबाट दर्जनौँको उद्धार गरेका दक्ष उद्धारकर्ता रेस्क्यू स्पेसलिष्ट छिरिङ पान्दे भोटे र रेस्क्यू पाइलट सिद्धार्थ गुरुङले हेलिकप्टरबाट गरिने उद्धार छिटो छरितो भए पनि चुनौतीपूर्ण रहेको बताएका छन्।
यो वसन्त ऋतुमा २८ वटा हिमाल आरोहणका लागि कुल ६५ देशका आरोहीहरूले अनुमति लिएको सरकारी तथ्याङ्क छ।
यस पटक हालसम्म ८ जना आरोहीले ज्यान गुमाएको पर्यटन मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।