तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा जन्मदर घट्दो: कारण के के?
फेसन डिजाइनर सुजिता बज्राचार्यले एक मात्र सन्तान जन्माएकी छन् र उनी अर्को बच्चा जन्माउन चाहन्नन्।
महँगीका कारण र कामबाट लामो छुट्टी लिन नमिल्ने भएका कारण अर्को बच्चा जन्माउन/ हुर्काउनतिर नलागेको उनको भनाइ छ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार दुई दशकयता प्रजननदर घटेको छ। सन् १९९६ मा ४.६ मा रहेको प्रजननदर घटेर २.१ मा पुगेको छ।
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरूङका अनुसार शिशु मृत्युदर घट्दा पनि प्रजननदर घट्छ।
"शिशु मृत्युदर घटेको छ त्यही भएर जति जन्मिन्छन् सबै बाँच्छन् भन्ने निश्चित भएपछि धेरै जन्माउन चाहँदैनन्," उनले बीबीसी न्यूज नेपालीलाई बताए।
प्रजननदर घट्नुको अर्को कारण सामाजिक तथा आर्थिक विकास पनि भएको उनको भनाइ छ।
नेपालमा प्रजननदर घट्नु भनेको के हो र यसका असर कस्ता? भन्नेबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
End of यो पनि पढ्नुहोस्/हेर्नुहोस्