प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणाम सङ्ख्या र नक्सामा

 नेपाल निर्वाचन २०८२
    • Author, केशव कोइराला
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: १ मिनेट

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तिम मतपरिणाम घोषणा गरेको छ। निर्वाचनका लागि गत फागुन २१ गते बिहीवार मतदान भएको थियो।

'पहिलो हुने निर्वाचित हुने' अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी १२५ स्थानमा विजयी भएको छ। समानुपातिकतर्फ उक्त पार्टीले ११० मध्ये ५७ सीट प्राप्त गरेको निर्वाचन आयोगले बिहीवार सार्वजनिक गरेको छ।

आयोगका अनुसार कुल १,८९,०३,८६९ लाख मतदातामध्ये प्रत्यक्षतर्फ १,११,६८,०३२ र समानुपातिकतर्फ १,१२,८०,६१७ जनाले मत दिएका थिए। तर प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत र समानुपातिमा ९६.०५ प्रतिशत मत मात्र सदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याएका रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीतर्फ सीट पाएका छन्।

प्रत्यक्षतर्फको परिणाम आइसकेपछि मात्र सम्बन्धित निर्वाचन क्षेत्रमा समा

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ। उक्त दफाको उपदफा ११ मा "समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने" उल्लेख छ।

यसअघि त्रुटिवश समानुपातिक सीट प्राप्त गर्न प्रत्यक्षतर्फ एक सीट जितेको हुनुपर्ने लेखिएकाले क्षमायाचना गर्दै संशोधन गरिएको छ।

यद्यपि राजनीतिक दलसम्बन्धी ऐन, २०७२ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ती आवश्यकता पूरा गर्नुपर्ने उल्लेख छ।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।

नेपाल निर्वाचन २०८२

पूरा परिणाम

काठमाण्डू

प्रतिनिधिसभा (समानुपातिक) निर्वाचन परिणाम २०८२

पार्टीको चिन्ह पार्टीको नाम प्राप्त मत सीट
राष्ट्रिय स्वतन्त्र पार्टी ५१,८३,४९३ ५७
नेपाली काँग्रेस १७,५९,१७२ २०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४,५५,८८५ १६
नेपाली कम्युनिष्ट पार्टी ८,११,५७७
श्रम संस्कृति पार्टी ३,८५,९०२
राष्ट्रिय प्रजातन्त्र पार्टी ३,३०,६८४

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।