थाई बक्सिङमा नेपाली खेलाडीले कसरी स्वर्ण पदक जिते?

थाई बक्सिङमा नेपाली खेलाडीले कसरी स्वर्ण पदक जिते?

‘मुई थाई’ अर्थात् थाई बक्सिङको १९ औँ विश्व च्याम्पिअनशिपमा ओखलढुङ्गाका गुणराज रुचालले स्वर्ण पदक जितेका छन्।

सन् २०१६ बाट मुई थाई खेल्न थालेका ३१ वर्षीय गुणराजले पुरुष ५४ केजीतर्फ 'सेमिप्रो' समूहमा यस्तो सफलता हासिल गरेका हुन्।

नेपाली सेनामा आबद्ध उनले थाईल्यान्डमा भएको उक्त प्रतिस्पर्धाको फाइनलमा इटलीका खेलाडीलाई पराजित गरेर पहिलो पटक नेपाललाई यस्तो सफलता दिलाएको नेपाल राष्ट्रिय मुई थाई सङ्घले जनाएको छ।

गुणराजको सफलता र सङ्घर्ष समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।