विभिन्न देशमा दीपावलीको रौनक

नेपाल र भारतसहित विभिन्न देशमा आइतवार दीपावली पर्व मनाइयो। नेपालीहरूका अतिरिक्त विदेशमा विशेषगरी हिन्दू समुदायमाझ यो पर्वको उल्लास देखिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कृष्णपक्षमा चतुर्दशी वा औँसीको रातमा निष्पट्ट अन्धकारमा विभिन्न किसिमका बत्ती बालेर दीपावली गरिन्छ

तस्बिर स्रोत, IDREES MOHAMMED/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, दीपावली गर्दा पटका पड्काउने तथा आतिसबाजी गर्ने चलन पनि छ

तस्बिर स्रोत, Finnbarr Webster/PA Wire

तस्बिरको क्याप्शन, ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति साउथ्याम्पटनमा वैदिक समाजद्वारा सञ्चालित हिन्दू मन्दिरले आयोजना गरेको दीपावली कार्यक्रममा सहभागी भए

तस्बिर स्रोत, KIM LUDBROOK/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा श्रीस्वामीनारायण मन्दिरले दीपावलीका अवसरमा विशेष उत्सव आयोजना गरेको थियो।

तस्बिर स्रोत, REUTERS/Dinuka Liyanawatte

तस्बिरको क्याप्शन, कोलम्बोमा पनि दीपावली हर्षोल्लासपूर्वक मनाइयो

तस्बिर स्रोत, NADEEM KHAWAR/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, पाकिस्तानको हैदराबादमा माटोको दियोमा बत्ती बाल्दै हिन्दू महिलाहरू

तस्बिर स्रोत, PRAKASH MATHEMA/AFP via Getty Images

तस्बिरको क्याप्शन, दीपावलीको साँझ स्वयम्भूनाथको चैत्य र काठमाण्डू उपत्यका झलमल्ल देखिए। यो वर्ष यमपञ्चकको दोस्रो दिन नेपालमा कुकुर तिहार र साँझ पूजा लक्ष्मी पूजा मनाइयो।

तस्बिर स्रोत, Ajaya Kumar Saha / RSS

तस्बिरको क्याप्शन, आइतवार साँझ लक्ष्मीपूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दीप प्रज्वलन गरियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रामजन्मभूमि अयोध्यामा सरयू नदीको तटमा भव्य दीपोत्सव गरियो। बाह्र वर्षको वनवासपछि राम अयोध्या फर्किँदा बत्ती बालेर स्वागत गरिएको र त्यसकै सम्झनामा दीपावली गर्न थालिएको मान्यता भारतमा छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको पन्जाब प्रान्तस्थित स्वर्ण मन्दिर दीपावलीको साँझ झलमल्ल देखियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दीपावली गर्दा रङ्ग प्रयोग गरेर विभिन्न किसिमका आकृति बनाउने चलन पनि छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, यसपालि चान्द्रमासमा तिथि तलमाथि परेकाले कुकुर तिहारकै दिन साँझपख लक्ष्मीपूजा मनाइएको भए पनि गाई तिहारे औँसी सोमवार मनाइँदै छ

नेपालमा तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौथो दिन गोवर्धन पर्वत र गोरु तथा पाँचौ दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।

यो वर्ष नेवार समुदायका मानिसहरूले गर्ने आत्मपूजा अर्थात् 'म्हः पूजा' मङ्गलवार र किजा पूजा भाइटीकाकै दिन बुधवार परेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।