तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु सम्मेलनका पाहुनालाई बास दिन ब्रजिलका 'सेक्स मोटेलहरू' तयार
ब्रजिलको बेलाङ सहरमा ३०औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन हुन लागेको छ। आगामी सोमवारदेखि हुने मूल कार्यक्रमअघि नै कतिपय सत्रहरू त्यहाँ सुरु भइसकेका छन्।
विश्वभरिका पाहुनाको ओइरो लागेपछि त्यहाँ होटेलका कोठाहरूको भाउ अकासिएको छ।
मागअनुसार होटेलका कोठाहरू पर्याप्त नहुने जोखिमका बीच अरू बेला प्रेमिल जोडीहरूका लागि समय बिताउन जाने 'सेक्स मोटेलहरू' पनि सम्मेलनका पाहुनाको बसोबासका लागि तयार गरिँदै छन्।
प्रायजसो घण्टाको हिसाबले पैसा लिने यस्ता मोटेलहरूले बसोबासको सेवा दिन नयाँ मूल्यसूची तयार पारेका छन् भने यौनोत्तेजना बढाउन सघाउने गरी राखिएका फर्निचर तथा सजावटका सामग्री हटाइएका छन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।