तस्बिरमा: डोनल्ड ट्रम्प जब पक्राउ परे

तस्बिर स्रोत, Getty Images

डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका विषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्।

सन् २०१६ को उक्त घटनामा मङ्गलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्।

तस्बिर स्रोत, Reuters

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए।

दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए।

तस्बिर स्रोत, JOHN MOORE

उनको गाडी केही मिनेटमै अदालत पुग्यो।

"निकै अवास्तविक लाग्छ - वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्," ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे।

तस्बिर स्रोत, Getty Images

अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए।

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो।

तस्बिर स्रोत, EPA-EFE/REX

तस्बिर स्रोत, Getty Images

पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन।

अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे।

तस्बिर स्रोत, POOL

तस्बिर स्रोत, POOL

तस्बिर स्रोत, POOL

झन्डै एक घण्टाको सुनुवाइपछि ट्रम्प स्थानीय समयानुसार दिउँसो ३:३० बजेपछि अदालतबाट बाहिरिए।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters