भारत-पाकिस्तान 'युद्धविराम' कसरी सम्भव भयो, कसको भूमिका कस्तो

तस्बिर स्रोत, EPA

    • Author, अनबरसन एथिराजन
    • Role, दक्षिण एशिया क्षेत्रीय सम्पादक, दिल्ली
  • पढ्ने समय: ३ मिनेट

दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन्। कम्तीमा अहिलेका लागि।

यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको देखिएको छ।

अब भारत र पाकिस्तानले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाका उपराष्ट्रपतिले भारत-पाकिस्तानबीचको द्वन्द्व आफ्नो चासोको विषय नभएको टिप्पणी गरेका थिए। तर अहिले उनकै संलग्नतामा दुई देशबीच सुरु भएको लडाइँ रोक्न मध्यस्थता भएको छ

तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्ने छन्। अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत-पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन्।

पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी "भारतको आक्रामकता"लाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ। पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो। त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो।

दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए।

त्यसबाट भारतले के सिक्न सक्छ त?

पाकिस्तानसँग परमाणुअस्त्र भए पनि भारतले आफूले "आतङ्ककारीहरूका संरचना" भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरि पनि गर्न सक्छ।

दिल्लीले भारत विभाजित बनेर बनेको पुरानो प्रतिद्वन्द्वी पाकिस्तानको हवाई शक्ति उस्ले पहिले आकलन गरेभन्दा बढी नै रहेको भन्ने अनुभव गरेको हुन सक्छ अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भए पनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।