जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचार कसरी हुँदै छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, जाजरकोट भूकम्प: घाइतेको उपचार कसरी हुँदैछ, कम्तीमा १४० जना घाइते
जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचार कसरी हुँदै छ?

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर दुई जिल्लामा गरी कम्तीमा १४० जना भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन्। उनीहरूमध्ये अधिकांशलाई नेपालगन्जको भेरी अस्पताल ल्याइएको छ।

उनीहरूमध्ये धेरैको टाउको, पेट र खुट्टामा चोट रहेको चिकित्सकको भनाइ छ।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको हो।

हेर्नुहोस् नेपालगन्जस्थित संवाददाता बिमला चौधरीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।