प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
तस्बिर स्रोत, Reuters
फ्रान्सको संस्कृति र सम्पदाको भव्य प्रदर्शनसाथ प्यारिस ओलिम्पिक्स सुरु भएको छ।
ओलिम्पिक्स उद्घाटन समारोहले आयोजक देशका लागि विश्वसामु मौलिक तरिकाले आफ्नो शानदार प्रस्तुति देखाउने अवसर दिन्छ।
प्यारिस ओलिम्पिक्स २०२४ को उद्घाटन एउटा त्यस्तै क्षण थियो। आयोजकहरूले परम्परागत शैलीका समारोहभन्दा भिन्न तरिकाले ओलिम्पिक्स प्रतियोगिताकै इतिहासमा पहिलो पटक रङ्गशालामा मात्र नभई पूरै सहरमा उद्घाटन कार्यक्रम आयोजना गरे।
भारी वर्षाको साँझमा हजारौँ खेलाडी र कलाकारहरूले सेन नदीमा डुङ्गाहरू रहेर परेड गरे।
त्यसपछि रात्रिकालीन आकाश र आइफल टावर नाटकीय रूपमा रङ्गियो। सानदार ती दृश्य प्राविधिक रूपमा एक खाले महत्त्वाकाङ्क्षी प्रस्तुति थिए।
तस्बिर स्रोत, Reuters
तस्बिर स्रोत, François-Xavier Marit/AFP
गुलाबी प्वाँखसाथ लेडी गागा र फ्रान्सेली-मालिअन गायिका अया नाकामुराको प्रस्तुतिसहित पुल र नदी किनारालाई क्याटवाक, मञ्च र ग्रान्ड स्ट्यान्डका रूपमा प्रयोग गरिए।
ओलिम्पिक मसालमार्फत् राफाएल नाडाल, कार्ल लिविस र जिनेदिन जिदानसहितका अन्तर्राष्ट्रिय खेल हस्तीहरूले एउटा हट एअर बलूनलाई प्यारिसको आकाशमा उडाए।
२६ जुलाईमा सुरु भएको प्यारिस ओलिम्पिक्स ११ अगस्टमा समापन हुनेछ।
यहाँ उक्त रातका केही लोभलाग्दा तस्बिरहरू राखिएका छन्।
तस्बिर स्रोत, Paweł Kopczyński/Reuters
ग्रीसदेखि प्यारिससम्मको तीन महिने यात्रापछि ओलिम्पिक टर्च फ्रान्सका पूर्व फुटबल खेलाडी जिनेदिन जिदानलाई हस्तान्तरण गरिएको थियो।
त्यसपछि त्यो चर्चित टेनिस खेलाडी राफाएल नाडाल र सेरेना विलियम्सलाई हस्तान्तरण गरियो।
तस्बिर स्रोत, Cameron Spencer/Getty Images
तस्बिर स्रोत, Evgenia Novozhenina/Reuters
पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो।
तस्बिर स्रोत, Marko Đurica/Reuters
तस्बिर स्रोत, Miguel Tona/EPA
तस्बिर स्रोत, Jung Yeon-Je/AFP
उद्घाटन समारोहको सुरुआत फ्रान्सको राष्ट्रिय झण्डा झल्किनेगरी रङ्गीन धूँवाको प्रस्तुतिसाथ भएको थियो।
तस्बिर स्रोत, Lars Baron/Getty Images
प्रशंसक र दर्शकहरू पानीमा रुझेर पनि उद्घाटन समारोहमा सहभागी थिए।
तस्बिर स्रोत, Tingshu Wang/Reuters
तस्बिर स्रोत, Oli Scarff/AFP
ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मर समेत उद्घाटन समारोहमा उपस्थित थिए। उनले वर्षाका लागि राम्रै तयारी गरेजस्तो देखिन्थ्यो।
तस्बिर स्रोत, Kai Pfaffenbach/Reuters
उद्घाटन समारोहभर एक रहस्यमय मुखौटा लगाएका व्यक्ति टर्चसाथ सहरभर दौडिरहेका थिए जो बेलाबेला र नदीछेउका भवनको छतमा देखिन्थे।
तस्बिर स्रोत, Bernat Armangué/Reuters
तस्बिर स्रोत, Peter Cziborra/Pool/Getty Images
तस्बिर स्रोत, Bernat Armangué/AP
तस्बिर स्रोत, Pilar Olivares/Reuters
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन