कतार विश्वकपमा धेरै गोल गर्ने खेलाडी मेस्सी र एम्बाप्पे, कसले जित्लान् गोल्डन बुट
तस्बिर स्रोत, Reuters
क्रोएशियासँगको जितसँगै गोल्डन बुटको प्रतिस्पर्धामा आर्जेन्टिनाका लोयोनल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेट्टाएका छन्।
पाँच गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा रहेका फ्रान्सका स्ट्राइकर एम्बाप्पेको स्कोर मेस्सीले मङ्गलवार राति बराबरी गरे।
एम्बाप्पेको भन्दा मेस्सीले थप एक गोल गर्न प्रत्यक्ष सहयोग पनि गरेका छन्।
गोल्डन बुटको प्रतिस्पर्धामा मेस्सी र एम्बाप्पेलाई उनीहरूकै टोलीका एक-एक जना खेलाडीले पछ्याइरहेका छन्।
आर्जेन्टिनाका स्ट्राइकर जुलिअन आल्भारेसले क्रोएशियाविरुद्ध दुई गोल गरे। यससँगै उनले यो विश्वकपमा चार गोल पुर्याएका छन्।
तस्बिर स्रोत, Getty Images
फ्रान्सका सदाबहार सर्वाधिक गोलकर्ता ओलिभर जिरूले पनि यो विश्वकपमा चार गोल गरेका छन्।
आर्जेन्टिना फाइनलमा पुगिसकेको छ भने फ्रान्स फाइनलका लागि बुधवार राति मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ।
तीन गोलसहित यसअघि गोल्डन बुटको प्रतिस्पर्धामा देखिएका इङ्ग्ल्यान्डका बुकायो साका र मार्कस रास्फर्ड, पोर्चुगलका ह्याट्रिक हिरो गोन्सालो रामोस, ब्रजिलका रिचार्लिसन र नेदरल्यान्ड्सका कोडी गाक्पोको टोली यो विश्वकपबाट बाहिरिएको छ।
विश्वकपअन्तर्गत खेलमा भाग लिने कुनै पनि बाँकी खेलाडीले दुईभन्दा बढी गोल गरेका छैनन्।
यसअघि सन् २०१८ का गोल्डन बुट विजेता इङ्ग्ल्यान्डका ह्यारी केनको टोली पनि क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
तस्बिर स्रोत, PA Media
बीबीसी स्पोर्टले सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरूको स्कोर यहाँ अद्यावधिक गरेको छ।
तपाईँले पनि यहाँ क्लिक गरेर उनीहरूको स्कोर, असिस्ट र शट एक्यूरेसी थाहा पाउन सक्नुहुन्छ।
तस्बिर स्रोत, Getty Images
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन