भारतको क्षेप्यास्त्र हमलामा परेका पाकिस्तानका केही स्थानका तस्बिरहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा भारतीय हमलामा परेको बिलाल मस्जिद
पढ्ने समय: ३ मिनेट

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन्।

भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो।

मुहम्मद वाहिद पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादस्थित बिलाल मस्जिद नजिकै बस्छन्।

"म गहिरो निद्रामा थिएँ जतिखेर पहिलो विस्फोटले मेरो घर हल्लियो," उनले बीबीसीलाई भने।

"म भागेर सडकमा पुगेँ जहाँ मानिसहरू जम्मा भइसकेका थिए। के भइरहेको छ भनेर भेउ पाउन अगावै थप तीन क्षेप्यास्त्र खस्यो जसले निकै त्रास फैलियो र हडकम्प मच्चियो।"

महिलासहित दर्जनौँ मानिसहरू घाइते भएका र नजिकैका अस्पतालमा लगिएका वाहिदले बताए।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा भारतीय हमलापछि क्षतिग्रस्त बनेको एक भवन

पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बीबीसीलाई बताएका छन्।

पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच-सात मिनेटको अन्तरालपछि खसेको उनले बताए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय निशानामा परेको मुरिद्केको एउटा परिसरमा भत्किएको भवनको निरीक्षण गर्दै सैन्य अधिकारी

स्कूल, कलेज, होस्टल तथा मेडिकल कम्प्लेक्स समेत रहेको उक्त परिसरमा आंशिक क्षति पुगेको छ। शाहले त्यहाँ आवासीय क्षेत्र पनि रहेको र केही परिवार त्यहाँ बस्ने गरेको बताए।

उनका अनुसार त्यहाँ उद्धारकर्मी, अग्नि नियन्त्रक तथा प्रहरी पुगेको र मानिसहरूमा त्रास व्याप्त रहेको छ। "सबै मानिसहरूलाई अन्य सुरक्षित ठाउँमा लगिएको छ," उनले भने।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, भारतीय क्षेप्यास्त्र आक्रमण भएको पाकिस्तानको पञ्जाब प्रान्तको मुरिदके नजिकै पाकिस्तानी रेञ्जरहरू सतर्क अवस्थामा बसेका छन्

तस्बिर स्रोत, Ishrat Butt

तस्बिरको क्याप्शन, पाकिस्तानी सेनाका प्रवक्ताले भारतले गरेको हमलामा परेर २६ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ४६ जना घाइते भएको बताएका छन्

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, भारतीय क्षेप्यास्त्र हमलाबारे प्रकाशित समाचार पढ्दै पाकिस्तानको कराचीमा मानिसहरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।