संसद्‍मा प्रधानमन्त्रीले बोल्न नपाएपछि सामाजिक सञ्जालमा सत्ता र प्रतिपक्षको जुहारी

तस्बिर स्रोत, RSS

पढ्ने समय: ३ मिनेट

गुठी सम्बन्धी र मिडिया काउन्सिललगायतका विधेयकहरूको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंगलवार संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि उक्त विषयले सामाजिक सञ्जाल तताएको छ।

कतिपयले प्रमुख प्रतिपक्षी दलको कदमको समर्थन गरेका छन् भने कतिपयले विरोध गरेका छन्।

हालै युरोप भ्रणमबाट फर्किएका प्रधानमन्त्री ओलीले संसदमा युरोप भ्रमण र समसामयिक विषयमा बोल्न समय माग गरेका थिए।

मंगलवार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेपछि काङ्ग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिन समय माग गरेको थियो।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली काङ्ग्रेसका सांसदहरूले विरोध गरेपछि संसद बुधवारसम्मलाई स्थगित भएको छ

तर सभामुख कृष्णबहादुर महराले मङ्गलवार सुरुमै प्रधानमन्त्री ओलीलाई बोल्ने समय दिए।

ओलीलाई समय दिने बित्तिकै काङ्ग्रेस सांसदहरूले त्यसको विरोध गरे। उनीहरूले उठेर नाराबाजी गर्दै रोस्टमतर्फ गएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन्।

बैठक बुधवारसम्मका लागि स्थगित भयो।

ओलीको प्रतिक्रिया

बैठक स्थगित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डिलबाट ट्विट गर्दै काङ्ग्रेसको कदमबाट आफू दु:खी भएको बताए।

उनले ट्विटरमा लेखे, "मैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउनु पाइँन... म दु:खी भएको छु।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उनको ट्विटको कतिपयले समर्थनमा र कतिपयले विरोधमा टिप्पणीहरू गरेका छन्।

केहीले व्यङ्ग्यात्मक टिप्पणी समेत गरेका छन्।

सुफल काफ्लेले व्यङ्ग्य गर्दै लेखेका छन्, "प्रमज्यू सभामुखलाई महाअभियोग लगाउनुस्। 'मुर्ख' काङ्ग्रेसले रोस्ट्रम घेराउ गर्छ भन्ने जान्दै तपाईंलाई रोस्ट्रममा पुर्‍याउने हो?"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

जगत बशिष्ठ नामक ट्विटर प्रयोगकर्ताले ओलीको समर्थन गर्दै लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

अनिल गिरीले प्रधानमन्त्री र उनको पार्टीलाई लक्षित गर्दै ट्विटरमा सत्तापक्ष दललाई इतिहास सम्झाउदै प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

विश्वदीपले दुवै पार्टीको गल्ती भएको लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

सरला गौतमले प्रधानमन्त्रीले बोल्न नपाउनु राम्रो नभएको लेखेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद्को 'अमूल्य समय र स्रोत' खेर नफाल्न आग्रह गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

प्रधानमन्त्री ओली निकटहरूले संसदको घटनालाई असंसदीय र अमर्यादित भन्दै ट्विट गरेका छन्।

प्रधानमन्त्रीमा मुख्य सल्लाहरकार विष्णु रिमालले लेखेका छन्, "संसद्‍मा प्रधानमन्त्रीले बोल्न नपाउने? उठेका वा उठाइएका मुद्दाहरू बारेमा संसदलाई स्पष्ट पार्न नपाउने? नेकाले संसद्‍मा आज जे गर्‍यो त्यो हाम्रो संसदीय लोकतन्त्रलाई क्षति पुर्‍याउने अर्यादित, अशोभनीय र गैरजिम्मेवार व्यवहार हैन?"

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रिमालकै ट्विटमा प्रतिक्रिया दिँदै "काङ्ग्रेसले लोकतन्त्र, बहुलवाद र संसदीय मर्यादा नै भुल्यो," लेखेका छन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डललाई मेन्सन गर्दै सभामुखलाई प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

ट्विटरमै शर्माको उक्त भनाइलाई प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँइले प्रतिवाद गरे का छन्।

उनी लेख्छन्, "ओहो प्रवक्ता ज्यू! यो प्रश्नोत्तर होइन है, भ्रम नबाँडौँ। प्रमको विदेश भ्रमणबारे प्रमले नै ब्रिफिङ राख्ने हो। विपक्षी दललको नेताले होइन। प्रश्नोत्तर ब्रिफिङ पछि हुन्छ। कि विपक्षमा काङ्ग्रेस भएपछि नियम उल्टिन्छ।"